पर्वतको कुश्मामा बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको यस्तो छ तयारी

Posted on: 10 Feb, 2019


पर्वत–पर्वतको कुश्मामा आयोजित बिराट गुप्तेश्वर महायज्ञ, तुलादान तथा कोटीहोमको तयारी तिव्र पारिएको छ । आयोजकले पत्रकार सम्मेलन गरि महायज्ञको हालसम्मको तयारीको बारेमा जानकारी दिएको हो ।


आयोजकका अनुसार जिल्लाका सबै वडामा उपसमित विस्तारलाई अहिले तिव्रता दिइएको छ । मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले हालसम्म भएका प्रगतिवारे पत्रकारहरूलाई जानाकारी गराउनु भएको थियो । शर्माले दिएको जानाकारी अनुसार हालसम्म ५६ जना व्यक्तिहरू संस्थापक सदस्य बनिसक्नुभएको छ । आयोजकले कम्तीमा ५१ सय जनालाई तुलादान गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिनुभयो ।

उहाँले पार्वत र शिवको भेट भएको स्थलको रुपमा रहेको गुप्तेश्वर गुफा परिषरमा शिव पार्वतीको संयूक्त मुर्ती बनाउने तयारी रहेको बताउँदै जग्गा खोजी भैरहेको बताउनुभयो । उहाँले महायज्ञको आयोजक बनाउने काममा पनि समिति व्यस्त रहेको बताउनुभयो । कार्यक्रममा सल्लाहकार लोकनाथ आचार्यले धर्म संगै पर्वतको समग्र विकास गर्नुपर्ने दायित्व महायज्ञ संग जोडिएको बताउनुभयो । उहाँले सबै जात, वर्ग, लिंग र उमेरका व्याक्तिहरुलाई तुलादानमा सहभागी बनाउने र संस्थापक सदस्य बनाउने प्रयासमा रहेको बताउनुभयो ।


गुप्तेश्वर कोटीहोम महायज्ञमा बञ्चितीमा परेको वर्ग दलित समुदायलाई समेत कोटीहोममा सहभागी गराईने सल्लाहकार आचार्यले जानाकारी दिनुभयो । कोषाध्यक्ष कमलनाथ पोख्रेलले आर्थिक संकलनको अवस्थाको बारेमा जानकारी दिनुभयो । महासचिव अच्युत तिवारी लगायतले महायज्ञका विभिन्न विषयमा प्रकाश पार्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!