पुलवा हादशामा मारिएका सैनिकको आत्माको शान्तिका लागि मिर्चैयामा श्रद्धान्जली

Posted on: 18 Feb, 2019

राम नारायण पंडित । फाल्गुन ६, सिरहा । भारत प्रशासित कश्मिरमा भएको भीषण आक्रमणमा ज्यान गुमाएकाहरुप्रति मिर्चैयामा श्रद्धान्जली अपर्ण गरिएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको शान्ति युवा कल्वले आयोजना गरेको श्रद्धान्जलीमा सभामा ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि मैनबत्ती प्रज्वलन गर्दै आइतबार साँझ मौन धारण गरिएको छ । 


कश्मिरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्ला स्थित राजमार्गमा छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब २ हजार ५०० सुरक्षाकर्मी बोकेको ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले बिहीबार आत्मघाती आक्रमण गरिएको थियो । आक्रमणमा ४१ भन्दा बढी सैनिकको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । 


आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । आक्रमणका कारण भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएका छन् ।

कार्यक्रममा कल्वका पदाधिकारी, स्थानियबासी, राजनितिकर्मी, शिक्षक, बिद्यार्थी, ब्यापारी लगायतका सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!