मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

Posted on: 10 Dec, 2020

मंसिर २५, काठमाडौं । पुसको अन्तिम सातादेखि  मेलम्ची  खोलाको  पानी  सुरुमा पथान्तरण   गर्ने   तयारी   भएको   छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान  गरी  पानी पथान्तरण  गर्न  लागिएको खानेपानी  मन्त्रालयले  जनाएको  छ ।

पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ । आयोजनाले  अहिले  सुरुङमा  चारवटा गेटको  फ्रेम  परिवर्तन  गरी  जडान  गरिरहेको छ ।  चारवटा  गेटमध्ये  सिन्धु  र  अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता  रितेश  शाक्यले  जानकारी  दिए ।

उनले  भने,  “ग्याल्थुमको  गेटको  फ्रेम जडान  गरेपछि  पानी  पथान्तरण  गर्न  मिल्नेछ । सुन्दरी  जलको  गेट  पानी  पथान्तरण  गर्दै  गर्दा जडान गर्न मिल्नेछ ।” पानी  पथान्तरणअघि  एसियाली  विकास बैङ्कको  विज्ञ  समूहले  अनुगमन  गर्नेछ । सम्पूर्ण  कामको  पुनरवलोकन  गरेपछि  पानी पथान्तरण गरिने   छ । प्रवक्ता   शाक्यका अनुसार  तीन  चरणमा  पथान्तरण  गरिने  छ ।

पहिलो  चरणमा  सुरङमा  पानी  पठाएर  होल्ड गरिने छ  । तीन   चरणको   पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ । सुरुङ   फिनसिङको   काम   सकिएको छ  भने  हेडवक्र्सको  काम  भइरहेको  छ । हाललाई  अ‚थायी  डाइभर्सनबाट  सुरुङमा पानी   पथान्तरण   गरिने   छ  ।

हेडवक्र्स निर्माणको  काम  भइरहेको  छ । सम्झौता अनुसार  हेडवक्र्स  आगामी  माघसम्म  सम्पन्न भइसक्नुपर्ने  छ ।  निरन्तर  काम  भइरहेकाले सम्झौता   अवधिभित्रै   सकिने   सम्भावना रहेको  मेलम्ची खानेपानी  विकास  समितिले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!