सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा कार्यालयमा आगजनी

Posted on: 31 Jul, 2019

 साउन १५, सिन्धुपाल्चोक |  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ  | उक्त आगजनीबाट कार्यालयका सम्पूर्ण  सामानहरु कागजात र फर्निचर जलेर नष्ट भएका छन |

स्थानीयले आगोलागेको जानकारी पाएलगतै आगो निभाउन खटेका थिए | 

स्थानीयका अनुसार  बुधबार बिहान ४ बजेतिर आगजनी भएको हो | आगो निभाइसकेपछि प्रहरी घटनास्थल सम्म पगेका थिए | वडाअध्यक्ष भक्तबहादुर खड्काका अनुसार एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान काम नलाग्ने गरी जलेका छन् । भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामानहरु सबै सामान जल्दा जस्ताको छानोसमेत कच्याक कुचुक भएर काम नलाग्ने भएको छ ।

अहिलेसम्म आगजनी गर्ने व्यक्ति वा समूह पत्ता लागेको छैन | घटनाबारे थप अनुसन्धान भैराखेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!