प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on: 01 Jul, 2016

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ
प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ
गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी
हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ
विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो
बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ
खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि
स्वाद दिने यो जिन्दगीको, नून चोरी लग्यौ
बिना रापको ताप दिने, को होला त्यो जोडी
लाज पचाएर यो मनको, ऊन चोरी लग्यौ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!