मेलिनाले सार्बजनिक गरिन् ’लेक फुल्ने’ भिडीयो

Posted on: 24 Oct, 2016


कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय गरेकी हुन् । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् ।

’मेलिना ’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द संगीत उत्तम जंग लिम्बुको सुन्न सकिन्छ । पछिल्लो समय पर्स्व गायनमा व्यस्त मेलिना आधुनिक गायनमा समेत उतिकै व्यस्त छिन् ।

 उनका कम्बर माथी पटुकी, सिरैमा सिरबन्धी, तिमीले बाटो मोड्यौ अरे,सुनौलो, प्रकृतीको सुन्दर, पिरतीको डोरी लगायतका गीतहरु चर्चित छन् ।

 यस्तै यसै गीतबाट म्युजीक भिडीयोमा डेब्यु गरेकी नायीका रिश्मा गुरुङको  कबड्डी, कबड्डी कबड्डी र झुम्की चलचित्रहरुमा उनको अभिनय देख्न सकिन्छ । भिडीयोमा निसान घिमीरेको सम्पादन, उत्सब दाहालको छायांकन रहेको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!