सिन्धुपाल्चोक–२ मा एमालेका तामाङ विजयी

Posted on: 09 Dec, 2017

मङ्सिर २३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट एमालेका उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन् । 

उनले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई ८ हजार ३२ मतान्तरले हराएका हुन् । तामाङले ३८ हजार ४ सय १ मत ल्याए भने राणाले ३० हजार ३६९ मत मात्र ल्याए । तामाङसँग राणाको हार यो दोस्रो हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!