डिउटीमा खटिएको २ जना प्रहरी जवानलाई रड प्रहार गर्ने एक पक्राउ

Posted on: 04 Apr, 2019

चैत २१, काठमाडौं | डिउटीमा खटिएको २ जना प्रहरी जवानलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरी डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए । 

रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवान गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!