बिजुली सर्ट भई आगलागी हुँदा क्षति

Posted on: 05 Dec, 2019

मङ्सिर १९, सर्लाही | जिल्लाको बलरा नगरपालिकामा आज बिहान आगलागी हुँदा दुई लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको छ । बिजुली सर्ट भई आगलगी हुँदा बलरा–११ छतौना निवासी किशोर सिंहको घर जलेर नष्ट भएको हो । 

आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

स्थानीय र प्रहरीले करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएपछि छेउछाउका घर जल्नबाट जोगिएको स्थानीयवासी पञ्कज सिंहले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!