सर्लाहीमा डि जे रथ पल्टिँदा एक युवकको मृत्यु

Posted on: 21 Feb, 2019

फागुन ९, मलङ्वा । सर्लाहीमा डि जे रथ पल्टिँदा एक युवकको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका १० का २२ वर्षीय विकाश महतोको  बिहीबार रथ पल्टिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सिसौटियाबाट सोही नगरपालिकाको वडा न ४ रोहुवामा जाँदै गरेको अवस्थामा रथ पल्टिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

महतोको दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेको थियो । महतोको उपचारको क्रममा सर्लाही अस्पताल मलङ्वामा मृत्यु भएको हो । रथ महतोको आफ्नै रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!