सप्तरीमा बाढीले बगाएर बेपत्ता भएका युवक अझै फेला परेन

Posted on: 25 Jul, 2019

साउन ९, सप्तरी | दुई दिनको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आएको बाढीले बगाएर बेपत्ता पारिएको एक युवक अझै फेला परको छैन । 

सप्तरीको रुपनी गाउँपालिका–११ का मोहम्द सलामतका ३४ वर्षीय छोरा मोहम्द नसिर मियाँलाई खाँडो खोलाले बुधबार बगाएको थियो । बाढीले बगाएर खोलामा ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले मियाँलाई बगाएको थियो ।  

त्यस्तै सोमबार कोशी पलारमा भैँसी चराउन गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ५५ वर्षीय बालेश्वर मुखिया पनि बेपत्ता भएका छन् । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित सप्तकोशी नदी पार गर्ने क्रममा उनी बेपत्ता भएका हुन् । बेपत्ता भएका मुखिया पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।  

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ता दुबै जनाको खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!