वडा कार्यालयमै चोर छिरेपछि

Posted on: 15 Jun, 2019

जेठ ३२, राजविरज (रासस) | राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति  चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताउनुभयो । 

चोरले वडाध्यक्षको कार्यकक्षमा  राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उहाँले जानकारी दिनुभयो । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सवारी दुर्घटनामा युवकको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिकामा सवारी दुर्घटनामा परी घाइते भएका एक युवकको आज मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–७ मोहनपुरस्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट घाइते मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ हनुमानचोकका मिश्रिलाल महतोको छोरा २५ वर्षीय रामदयाल महतोको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु४९प ९१७० नंको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको स१त ७९२ नंको ट्र्याक्टरले गए राति ठक्कर दिएको थियो । घाइते महतोको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल बताउनुभयो । प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!