तराईमा विनाशकारी हावाहुरीले २५ जनाको ज्यान गयो, ४ सय भन्दा बढी घाइते

Posted on: 31 Mar, 2019

चैत्र १७, काठमाडौं  ।  आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिएका छन् ।  

बारा/पर्सा जिल्लाको विभिन्न स्थानमा सॉझ आएको ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको छ ।  प्रधानमन्त्रीले मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।  

घटनाको विस्तृत विवरण आउन बाँकि छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!