संखुवासभामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

Posted on: 21 Nov, 2019

मंसिर ५, संखुवासभा | संखुवासभामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ | जिल्लाको  चिचिला गाउँपालिका वडा नम्बर १ कुवापानीस्थित खाँदबारी नुम सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ चालको मृत्यु भएको हो |

खाँदबारीबाट बिहीबार बिहान नुमतर्फ सामान बोकेर जाँदै गरेको ग१त ४१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्दा चालक भोटखोला गाउँपालिका वडा नम्वर ५ का २२ वर्षीय को मनोज तामाङको घटनास्थलमा नै मृत्यु भएको हो |

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!