संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली चल्यो

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौँ | संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली गएको थियो । ‘गस्तीमा टोली गएको छ,  कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन ।’प्रहरीको भनाइ छ | 

हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको  र उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ  | थप बिवरण आउन बाकि छ  | प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने | अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको प्रहरीले जानकारी दिएको छ |







यस बिषयमा तपाइको प्रतिक्रिया...!