गोरुको आक्रमणबाट मृत्यु

Posted on: 11 Oct, 2020

असोज २५, सल्यान । गोरुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!