कर्णाली प्रदेशमा थप २९ जना कोरोना संक्रमण, कहाँ कहाँका छन् संक्रमित ?

Posted on: 02 Jun, 2020

जेठ २०, सुर्खेत। कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका-१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । 

सल्यानको दार्मा गाउँपालिका-१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!