सल्यानमा घाँटी रेटर एक युवतीको हत्या

Posted on: 16 Feb, 2020

फागुन ४, काठमाडौँ | सल्यानमा एक युवतीको  घाँटी रेटर हत्त्या भएको छ | जिल्लाको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो | उनको गत शुक्रबार घर नजीकै हत्या भएको थियो |

हत्या भएको तिन दिन बितिसक्दा समेत् प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन | स्वाशनली काटेर हत्या  गरिएको अवस्थामा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ |

शुक्रबार राति करिब ९ बजेतिर एक्लै पढिरहेकी र घरका सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र सोहि समयमा उनको घाँटी रेटेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!