सल्यानमा ढाड भाँचिएको अवस्थामा फेला पर्यो लोपोन्मुख जनावर ‘हाईना’

Posted on: 29 Aug, 2019

शंकर के सी | भदौ १२,सल्यान | सल्यानमा ढाड भाँचिएर घाइते अवस्थामा फेला परेको लोपोन्मुख जनावर ‘हाईना’ लाई उद्धार गरिएको छ । स्थानीय भाषामा ‘गधै बाघ’ भनेर चिनिने जनावर ‘हाईना’ को उद्धार गरेर डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको जनाएको छ ।

बुधबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौरमा घाइते अवस्थामा फेला परेको हाईना अर्थात हुँडारलाइ उद्धार गरेर पठाइएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिर बहादुर कार्कीले बताए । स्थानीयले देखेपछि सव डिभिजन वन कार्यालय छत्रेश्वरि तथा प्रहरीलाइ खबर गरेका थिए ।



डिभिजन प्रमुख कार्काीले भने, ‘सव डिभिजन वन कार्यालय छत्रेश्वरिका वन रक्षक तेज बहादुर शाही लगाएतका हाम्रो कर्मचारि साथीहरुले हाइनालाइ उद्धार गर्नुभएको थियो । ढाड भाँचिएर घाइते अवस्थामा जनावर थियो ।’ सडकमा हिडिरहेको बेला कुनै गाडीले ठक्कर दिएर हाईनालाइ घाइते बनाएको हुन सक्ने कार्यालय प्रमुख कार्कीको भनाइ रहेको छ ।

हुँडार भनेर पनि चिनीने हाईना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने यो जनावर सिमित संख्यामा छ । नेपाल लगाएत अफ्रिका तथा एशियाका जंगलहरुमा हाईना पाइन्छ । तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन कार्यालयका प्रमुख कार्कीले बताए । उनका अनुसार नेपालमा हाईना दुई सय भन्दा बढि संख्यामा छैन । मरेको जनावरको सिनो खाने हाइना अर्थात हुँडारले पछिल्ले समय वस्तीमा छिरेर कुखुराको खोर भत्काएर क्खुरा लाइ पनि खाने गरेको स्थानीयहरु बताउँछन् ।

दुई वडा हाईना उपचारकै क्रममा मरे

जिल्लामा यसको चोरि शिकारि हुने गरेको नभए पनि गाउँमा मानिसले विष राखीदिने र विष सेवनका कारण मर्नेगरेको वन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख कार्कीले भने, ‘जंगल आगलागी, जंगलमा आहाराको अभाव जस्ता कारणले पछिल्लो समय हाइना गाउँ छिरेर कुखुरा खाने गर्नथाल्यो । मानिसहरुले विष राखीदिदा विष सेवका कारण मर्ने सम्भावना हुने गर्दछ ।’ उनका अनुसार यस अघि वन कार्यालयले विष सेवन गरेर घाइते भएका दुई वटा हुँडारलाइ फेला पारेको थियो । र ती दुई हुँडार उपचारको क्रममा मरेको कार्कीले बताए । दाङ तथा सल्यानका जंगलमा विशेष गरेर हुँडार पाइने भएकाले यहि क्षेत्रमा यी लगाएत अन्य जनावरको अनुसन्धान पनि भइरहेको बताइएको छ ।

घोरल मार्ने ९ जनाले मुद्दा खेप्दै

यसैविच जिल्लामा अन्य जनावरको शिकार गरेर खाने गरिएको पनि वन कार्यालयले जनाएको छ । घोरल, कालिज जस्ता जंगली जनावर तथा पशुपंक्षि पासोमा पारेर वा मारेर खानेगरेका घटना पनि बेला बेला आइरहेको कार्यालयले जनाएको हो । 

गत चैत्र महिनामा सल्यानमा घोरल मार्ने ९ जना घोरलको मासु सहित पक्राउ परेका थिए । कार्यालय प्रमुख कार्कीका अनुसार डिभिजन वन कार्यालयले घोरल मार्ने शारदा नगरपालिका १४ ढाँरखानीका ९ जनालाइ पक्राउ गरेर मुद्दा चलाएको थियो । धरौटीमा उनीहरु छुटेको कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!