सल्यान बनगाड कुपिण्डेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Posted on: 01 Jul, 2019

इन्द्र बुढाथोकी | असार १६, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आज  घरघरमा रोजगार बनगाड कुपिण्डे नगरपालिका सरोकार भने मुल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको नगरपालिका वडा न १ को आपखोलिमा उद्घाटन गरिएको छ । 

रोजगार कार्यक्रम नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, रोजगार सयोजक भिम पुन वडा सदस्य रबिराज शर्मा, समाजसेवी, शिक्षक लगाए स्थानीयको उपस्थित रहेको थियो ।  वडा न १ को अदाल सिचाइ कुल निर्माणको उद्घाटन गरिएको छ । ४४ हजार बराबरको रकममा नगरपालिका भित्रका ११ वडाका जम्मा २७५ जनाले रोजगार पाउने र ति रोजगारदाताहरूले सडक, सिचाइ कुलो, खानेपानी ट्याङ्की मर्मत, खानेपानी निर्माण, स्कुलको फिल्ड निर्माण लगाएतका काम हुने रोजगार सयोजक पुनले बताएका छन भने ६ न वडाले भने असार फुर्सद नहुने खेतीपातीमा असाध्य बेस्त हुने भन्दै कार्यक्रम सुरु नभएको सयोजक पुनले बताएका छन । 

रोजगार दाताले दैनिक रु ६४० का दरले काम गर्ने छन । कार्यक्रम बोल्दै प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले घरघर सबै रोजगार भएर नगरको विकासमा सहयोग गर्न आग्रह गर्नु भएको छ । रोजगार कार्यक्रममा सबै अनुशासित नैतिवान इमानदारी भएर लाग्न समेत अनुरोध गर्नु भएको छ । अब विकासका लागि नगरपालिका, वडामा धाउनु भन्दा सरकार घरघर आएर दिएको विकासमा लाग्न र सबैले विकासमा हातेमालो गरेर अगाडि बढन समेत आग्रह गरेका छन । 

अब नगरपालिका विभिन्न संघ सस्थाहरु भित्रिएको र त्यसले भने अनुसार समुह बनाएर कृषिमा बेमौसमी उत्पादन तिर लाग्न समेत आग्रह गरेकोआ छन । सस्थाहरुले गाउगाउमा गएत योजना छनोट गर्ने र त्यस अनुसार काम गर्नु भएकोले अब विदेशी भुमिमा जानू भन्दा अफ्नो गाउ घर निर्माण जुट्न अनुरोध गर्नु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!