सामुदायीक रेडियो कपुरकोटको वार्षिक उत्सवः काला काफल, चिसो पानी र गुराँस संगै कलाकारहरुको प्रस्तुती

Posted on: 15 Apr, 2019

बैशाख २, सल्यान । चिसो पानी, काला काफल र ढकमक्क लालिगुराँसले मनमोहक बनेको सल्यान कपुरकोटमा सामुदायीक रेडियो कपुरकोटले अन्तरक्रिया, सम्मान र सांस्कृतीक कार्यक्रम सहित आफ्नो वार्षिक उत्सव मनाउने भएको छ ।

विगत झै यो वर्ष पनि वृहत रुपमा रेडियोले आफ्नो नवौँ वार्षिक उत्सव मनाउने भएको हो । विकास र सचेतनाका लागी रेडियोको भुमिका विषयक अन्तरक्रिया, सम्मान तथा सांस्कृतीक प्रस्तुती सहित हजारौँ दर्शकहरुको विचमा वार्षिक उत्सव मनाउन लागिएको रेडियो कपुरकोट एफएम १०६.१ मेगाहर्जका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारि दिएका छन् ।


पर्सि बुधबार कपुरकोटमा हुने कार्यक्रममा लोक गायीका सम्झना भण्डारी, लोक दोहोरी गायक गोपाल नेपाल जिएम लगाएत स्थानिय कलाकारहरुले प्रस्तुती राख्ने रेडियोले जनाएको छ । आफ्ना विज्ञापनदाता तथा आम श्रोताहरुमा उपस्थीतीका लागि रेडियोले अनुरोध पनि गरेको छ ।

विक्रम संवत् २०६६ सालमा स्थापना भएको गाउँवेशी सूचना केन्द्र सल्यानद्धारा सञ्चालित रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धीत विभिन्न निकायहरु संगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!