परपुरुषसँग लागेकी एक युवतीले गरिन् विष खुवाएर आफ्नै छोराको हत्या, यसरी खुल्यो रहस्य !

Posted on: 06 Feb, 2019

माघ २३, काठमाडौं । सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ ।

छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

बालकले वान्ता गर्न थालेपछि केसीले नै श्रीनगरको अधिकारी पोलिक्लिनिकमा लगेकी थिइन् । तर त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेपछि गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो ।

बालकको दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका पाहुनाहरुले कोठामा सुत्ने क्रममा विषादीको गन्ध र धुलो देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले आमा एलिशालाई पुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरविदा सकेर काममा फर्किएका थिए । प्रहरीसँगको बयानका क्रममा एलिशाले श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने चेतावनी दिएको आरोप लगाएकी छन् ।

आफ्नो पनि एक युवकसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको स्वीकार गरिन् । ती यूवकसँग बिहे गर्ने योजना रहेको पनि उनले बताएकी छन् ।

श्रीमान र श्रीमती दुवैले अर्को विहे गरेपछि बच्चाले दुख पाउने भन्दै उक्त घटना घटाएको उनको बयान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!