रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

Posted on: 09 Nov, 2020

कात्तिक २४, बुटवल | रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना गरिएको थियो |

सोमबार बिहान साढे ६ बजे सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ र लुम्बिनी प्रदेशमा २०५ पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!