रूपन्देहीमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

Posted on: 05 Jan, 2020

पुस २०, रुपन्देही | रूपन्देही सम्मरीमाई गाउँपालिका-६ मर्चवारमा मोहम्मद देवानलाई कुट्ने शिक्षक पक्राउ परेका छन् | ज्ञानदीप बोर्डिङ स्कुलमा पढाउने शिक्षक शैलेन्द्र बराईले कक्षा ५ मा पढ्ने देवानलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले हानेका थिए |


कुटपिट हुँदा आइतबार हुलाकमार्फत् उजुरी गरेपछि शिक्षक बराईलाई आइतबार मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग खत्रीले जानकारी दिए |

देवनले सो दिन कापी लिन बिर्सेपछि शिक्षकले उनीमाथि लठ्ठीले हानेपछि चोटले उनको दाँया आँखा सुन्निएको थियो | बालबालिकासम्बन्धीको कसुर ऐन २०७५ अन्तर्गत घर विद्यालय वा जुनसुकै स्थानमा शारिरीक र मानसिक दण्ड दिने अनैतिक व्यवहार गर्नेलाई करिब एक वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुन सक्ने डिएसपी खत्रिले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!