विप्लवकी नेतृ कल्पना सुवेदी रुपन्देहीबाट पक्राउ

Posted on: 24 Apr, 2019

बैशाख ११, बुटवल । विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । 


प्रहरीले उनलाई  गएराती करिव १२  देवदहबाट पक्राउ गरेको हो  ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार उनलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो । 

 विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!