स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द

Posted on: 22 Feb, 2019

फागुन १०, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । 

प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वलीको निधनले समाज र प्रदेशसभामा अपूरणीय क्षति पुगेको छ”, सभामुख घर्तीले वलीको निधनमा श्रद्धाञ्जलि प्रकट गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा आज एक दिन प्रदेशसभा सचिवालय बन्द रहने पनि बताइएको छ ।

सडक दुर्घटनामा परी घाइते हुनुभएका वलीको गएराति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको हो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किंदा उहाँ दाङको चिसापानीमा दुर्घटनामा परी घाइते हुनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!