रुकुमपश्चिममा ढुङ्गा लागेर किशोरीको मृत्यु

Posted on: 12 Jul, 2019

असार २७,रुकुमपश्चिम |आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।

जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिनुभयो ।

 उहाँका अनुसार बस्नेतको आज बिहान १०ः०० बजे मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत् हुनुहुन्थ्यो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!