कोरोना भाइरसका कारण रोल्पाकी एक महिलाको बुटवलमा मृत्यु

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौं | बुटवलको एक कोरोना विशेष अस्पतालमा  एकजना कोरोना संक्रमितको मृत्यु भएको छ  | रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो |

१६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् | उनी ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी रोगबाट पिडित भएको 

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!