रोल्पाको एक वडा कार्यालयमा आगजनी र बम बिस्फोट

Posted on: 13 Sep, 2019

भदौ २७, रोल्पा | अज्ञात समूहले रोल्पाको एक वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालयभित्र पसेर बुधबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

आगजनीबाट कोठाको सोफासेट, कार्पेट र प्लाष्टिकका कुर्सी जलेको जिल्ला प्रहरीकार्यालय रोल्पाले जनाएको छ | प्रहरीका अनुसार उक्त समूहले भित्र पेट्रोल छरेर आगजनी गरेको थियो भने भवन बाहिर सकेट बम बिस्फोट गराएको छ।

बिस्फोटबाट वडा कार्यालयको भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको गुरुङले बताए। घटना बुधबार रातिको भए पनि विकट ठाउँ भएको हुँदा प्रहरीले खबर बिहीबार बेलुकीपख मात्रै पाएको प्रहरीले जानकारी दिएको छ |  वडा अध्यक्ष पनि काठमाडौं जानु भएको रहेछ | खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ प्रहरीले भने |

वडा कार्यालयमा आगजनी कसले गरेको हो भन्ने पत्ता नलागे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। उक्त आगजनी र बिस्फोट सरकारद्वारा प्रतिवन्धित विप्लव समूहले गरेको आशंका प्रहरीको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!