समाज | रोल्पा - RLP


धादिङमा मोटरसाइकल दुर्घटना: १९ वर्षीय विशाल केसीको मृत्यु

Posted on January 28, 2024 | views : 678 | रोल्पा - RLP

माघ १४, धादिङ | धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान मोटरसाइकल अनियन्त्रि

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4958 | रोल्पा - RLP

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6211 | रोल्पा - RLP

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना नियन्त्रणमा

Posted on September 29, 2023 | views : 412 | रोल्पा - RLP

असोज १२, रोल्पा | ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।  रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो। बिहीबार बेलुकी ४ बज्दै थियो। लु १ प ४०९१ नम्बरको मोटरसाइकल आयो। ट्राफिकले चालकसँग

Read More

रोल्पा बस दुर्घटना: तीन पुरुष र एक महिला सहित चारजनाको मृत्यु

Posted on August 08, 2023 | views : 659 | रोल्पा - RLP

साउन २३, दाङ | रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइनसकेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस ऋचामा दुर्घटना भए

Read More

१५ जना यात्रु लिएर रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना

Posted on August 08, 2023 | views : 647 | रोल्पा - RLP

साउन २३, दाङ | सहिदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका- ७ तिला नजिक रिचिमा बस दुर्घटना भएको छ। रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो। उद्वारको लागि शसत्र प्रहरी र नेपाल प्रहरी र एम्बुलेन्सलाई घटना स्थल पठाएको रोल्पाका प्रमुख जिल्ला अधि

Read More

सुतेरहेको समयमा चट्याङ लागेर एक युवकको मृत्य, २ जना घाइते

Posted on July 21, 2023 | views : 603 | रोल्पा - RLP

साउन ५, दाङ | रोल्पामा सुतेरहेको समयमा चट्याङ लागेर एक युवकको मृत्य भएको छ | त्यस्तै २ जना घाइते भएका छन् | चट्याङ लागेर मृत्य हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ का दिलबहादुर घर्तीमगरको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आफ्नो कान्छो भाइको घरमा सुतेरहेको समयमा चट्याङ लागेर दिलबहादुरक

Read More

रोल्पामा छोरी जन्मने बित्तिकै खातामा पाँच हजार

Posted on July 20, 2023 | views : 686 | रोल्पा - RLP

साउन ४, रोल्पा | रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०–८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि ड

Read More

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

Posted on July 16, 2023 | views : 498 | रोल्पा - RLP

असार ३१, रोल्पा | रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोरा ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिए। जंगली च्याउ खाई बिरामी पर

Read More

झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु

Posted on May 15, 2023 | views : 378 | रोल्पा - RLP

जेठ १,  रोल्पा | रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न प

Read More

पिर्का प्रहार गरी बुबाको हत्या

Posted on November 07, 2022 | views : 1336 | रोल्पा - RLP

कात्तिक २२, रोल्पा। रोल्पामा आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय सन्दीप घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा सन्दीपले पि

Read More

टिकटक बनाउने क्रममा खोलामा खस्दा बेपत्ता किशोरीको शव फेला

Posted on September 13, 2022 | views : 969 | रोल्पा - RLP

भदौ २८,  रोल्पा | रोल्पामा  टिकटक बनाउने क्रममा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ।  सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खे

Read More

बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

Posted on June 17, 2022 | views : 1175 | रोल्पा - RLP

असार ३, काठमाडौं | एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई

Read More

रोल्पामा कारागारको शौचालयभित्र कैदीबन्दी मृत फेला

Posted on May 19, 2022 | views : 1492 | रोल्पा - RLP

जेठ ५, रोल्पा । रोल्पाको कारागारमा एक कैदीबन्दी मृत फेला परेका छन्।  सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. १ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह जिल्ला कारागार रोल्पाको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमि

Read More

थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

Posted on May 13, 2022 | views : 1357 | रोल्पा - RLP

वैशाख ३०, रोल्पा | रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् ।  थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ माओवादी केन्द्र

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18791 | रोल्पा - RLP

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19182 | रोल्पा - RLP

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

रोल्पामा गाई काटेको आरोपमा दुई जना पक्राउ

Posted on January 23, 2022 | views : 972 | रोल्पा - RLP

माघ ९, काठमाडौँ | रोल्पामा गाई काटेको अभियोगमा  गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त ह

Read More

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

Posted on January 20, 2022 | views : 1092 | रोल्पा - RLP

माघ ६, रोल्पा | एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम  झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले  पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19775 | रोल्पा - RLP

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20704 | रोल्पा - RLP

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17500 | रोल्पा - RLP

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17556 | रोल्पा - RLP

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

लुम्बिनी प्रदेशका बालबालिकालाई मोर्डना खोप आजदेखि

Posted on December 20, 2021 | views : 2396 | रोल्पा - RLP

पुस ५, काठमाडौँ | लुम्बिनी प्रदेशका नौ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोर्डना खोप लगाइदैछ । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो । लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी,

Read More

आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 22008 | रोल्पा - RLP

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

Posted on November 18, 2021 | views : 2025 | रोल्पा - RLP

मङ्सिर २, दाङ | रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।  दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११

Read More

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 23656 | रोल्पा - RLP

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24216 | रोल्पा - RLP

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More