नेपाली काँग्रेसद्वारा दाङको विपक्षमा मतदान गर्न ह्विप जारी

Posted on: 06 Oct, 2020

असोज २०, बुटवल | नेपाली काँग्रेसले प्रदेश नम्वर ५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । आज प्रदेश ५ को प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप जारी गरेको हो । 

सरकारले यस अघि दाङ राजधानीको लागि प्रस्ताव गरेको थियो । तर सरकारको विपक्षमा मतदान गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । राजधानीको नामको विषयमा भने कांग्रेसको सहमति रहेको छ । प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् ।

प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद छन् । जसमध्ये नेपाली काँग्रेसबाट १९ जना सांसदहरु रहेका छन् । तर कांग्रेसको व्हिप बिपरित केहि सांसदले दाङमै राजधानी राख्न मतदान गर्न सक्ने सम्भावना छ । त्यसो भएमा नेकपाका केहि सांसदले विपक्षमा मतदान गरे भने दुईतिहाई पुग्नेछ र दाङलाई राजधानी तोकिने सम्भावना छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!