रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार

Posted on: 27 Mar, 2018

मनिषा राई  | चैत १३, रोल्पा | रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार गरिएको छ । 

रोल्पा नगरपालिकाको आयोजनामा मिति २०७५ जेठ १५ देखि १७ गते ३ दिन  सम्म सन्चालन हुने सम्मेलनको लागि चित्रकार रामचन्द्र श्रेष्ठले लोगो तयार गर्नुभएको हो । जसलाई हिजो बसेको बैठकबाट पारित गरिएको छ ।

साथै बृहत् साहित्य सम्मेलन मूल आयोजक समितिका संयोजक डी.बी. टुहुरोको अध्यक्षतामा बसेको बैठकले रोल्पा जिल्लाका नौवटै गाउँपालिकाका अध्यक्षहरूलाई पनि सल्लाहकारमा राख्ने निर्णय गरेको छ । त्यस्तै बैठकले उपसमिति संयोजकहरूले सिफारिस गरेका आधारमा उपसमिति सदस्यहरू थप समेत गरेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!