सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोगि हातहरु बढ्दै

Posted on: 10 Apr, 2020

चैत २८, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग जम्मा हुन थालेको छ । जस अनुसार शुक्रबार सम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ, कोसमा साहास नेपालले ५ लाख ४० हजार राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रितमान पुन (अग्रिम)ले २२ हजार २ सय २२ रुपैया, गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले ११ हजार १ सय ११ रुपैया, सिरानटोल समस्या समाधान समिति (विश्वकर्मा समाज) सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रिले ५ हजार र गाउँपालिका पञ्जिकरण, पोषण, गाउँपालिका, गाउँपालिका करार कर्मचारीहरु कर्मचारीहरुबाट १ लाख ३९ हजार ८ सय ६१ रुपैया जम्मा भएको छ । 


यसरी गाउँपालिकाले सहयोगकालागि अनुरोध गरेपछि पश्चात सहयोग गर्नुहुने सवैप्रति गाउँपालिकाले हार्दिक आभार व्यक्त गर्दछौ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार ४० लाख भन्दा माथिको राहात कोष निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभएको छ, त्यसैले देश विदेश जहाँबाट सकिन्छ सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ ।

साथै शुक्रवार एक कार्यक्रमका विच गाउँपालिका भित्र सञ्चालनमा आएका एम्वुलेन्स चालकहरुलाई पिपिई हस्तान्तरण गरिएको छ जस अनुसार तेबाङ स्वास्थ्य चौकी, गजुल स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, सुलिचौर, सूर्यदय वचत तथा ऋण सहकारी संस्था रुइनिबाङबाट सञ्चालित एम्वुलेन्स चालकहरु र गाउँपालिकामा कार्यरत चालक एक एक सेट पिपिई हस्तान्तरण गरिएको छ । 

यस विपतको घडिमा विरामीसँग नजिक हुनुहुने चालकहरु सुरक्षित गर्नका लागि हस्तान्तरण गरिएको अध्यक्ष घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!