पछिल्लो समयका समाचारहरु |


प्रेम प्रस्ताव अस्वीकार गरेपछि कलेज हिँडेकी सुस्माको हत्या गर्ने रुपेन्द्र कारागार चलान

Posted on April 11, 2024 | views : 255 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । काठमाडौँको तारेभिरमा कलेज हिँडेकी सुस्मालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले बताए ।  १२ कक्षामा अध्ययनरत

Read More

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्तव्यस्त

Posted on April 11, 2024 | views : 406 | काभ्रेपलान्चोक - KVP

चैत २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ । विमानस्थल प्रवक्ता सुवास झाका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।   त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ

Read More

भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी गर्ने महिलालाई मृत्युदण्ड

Posted on April 11, 2024 | views : 194 |

चैत २९, काठमाडौँ । भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ । भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन डलर ऋण लिएर नतिरेको आरोपमा ६७ बर्षिय ट्रुङ मी लानलाई अदालतले मृत्

Read More

राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो: अध्यक्ष लिङदेन

Posted on April 11, 2024 | views : 199 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति लेखपढले मात्र नहुने बताउनु

Read More

चिकित्सा शिक्षा जाँचबुझ आयोगले सिफारिस गरेका सबैलाई कारवाही होस्, हाम्रो साथ छ- महामन्त्री थापा

Posted on April 11, 2024 | views : 211 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन

Read More

काठमाडौँ महानगरका सामुदायिक विद्यालय सफा, सुन्दर र कलात्मक बनाउन २४७ स्वयंसेवक परिचालन

Posted on April 11, 2024 | views : 137 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ । ४३७ जना आवेदकबाट सर्टलिष्टमा छानिएका २४७ जनासँग गरिएको अन्तर्वार्ताबाट सम्पदामा

Read More

सङ्खुवासभामा सडेको अवस्थामा पुरुषको शव फेला

Posted on April 11, 2024 | views : 237 | काठमाडौँ - KTM

चैत २९, सङ्खुवासभा। सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–५ लुम्बाङमा एक पुरुषको शव फेला परेको छ।  बिहीबार बिहानको समयमा अलैंची बारीमा अन्दाजी ५० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। सडेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका

Read More

भारतमा स्कुल बस दुर्घटना हुँदा छ जना बालबालिकाको मृत्यु

Posted on April 11, 2024 | views : 192 |

चैत २९, नयाँदिल्ली | भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।  जि.एल. पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्र

Read More

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

Posted on April 11, 2024 | views : 294 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।  विपत व्यवस्थापनविद् डा.धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहे

Read More

डढेलो निभाउन गएका ३ सैनिकको मृत्यु- जजलिरहेको रुख ढलि आगो सल्किएर अगाडि आउँदा परेका थिए ट्रयापमा

Posted on April 11, 2024 | views : 874 | डोल्पा - DLP

चैत २९, काठमाडौँ । डोल्पाको सदरमुकाम दुनेबाट करिब ३ सय मिटरको दुरीमा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको जलेर मृत्यु भएको छ । ४ जना घाइते भएकामा एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो। ज्यान गुमाउनेमा नेपाली सेनाका जम्दार केशव जर्घामगर तथा जवा

Read More

युवतीलाई अवैध धन्दाका लागि दिल्ली हुँदै श्रीलंका पुर्‍याउने एजेन्ट गाउँपालिकाकै अध्यक्ष रहेको खुलेपछि ...

Posted on April 11, 2024 | views : 339 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । पछिल्लो समय रोजगारीको अवसर देखाउँदै एजेन्टहरूले भारत हुँदै तेस्रो मुलुकमा समेत नेपाली युवतीहरूलाई अवैध धन्दाकै लागि पठाउने गरेको घटना सामान्य बन्दै गएका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्याएर यौन धन्दामा लगाएको आरोपमा रसुवा नौकुण्ड गाउँपालिक

Read More

सुदूरपश्चिममा नाउपाबाट मुख्यमन्त्री बन्दै !

Posted on April 11, 2024 | views : 445 | कैलाली - KLL

चैत २९, धनगढी ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।  केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश

Read More

सहचालकले हाँकेको बस दुर्घटनामा पर्दा आठ यात्रु घाइते

Posted on April 11, 2024 | views : 269 | काठमाडौँ - KTM

चैत २९, पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जा सुईखेतमा बिहीबार बिहान दुर्घटनामा परेको यात्रुवाहक बस सहचालकले चलाएको खुलेको छ। काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस बिहीबार बिहान ३ बजेतिर दुर्घटनामा परेको थियो। कास्की प्रहरीका अनुसार दुर्घटनामा आठ जना यात्रु घाइते भएका थिए। चा

Read More

ठमेल-दरबारमार्ग चौबिसै घण्टा खुलाउन सुरक्षा योजना तयार

Posted on April 11, 2024 | views : 167 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्। सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगन्ज तथा मालिगाउ

Read More

गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याइदै

Posted on April 11, 2024 | views : 196 | कास्की - KSK

चैत २९,  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरुबीच भागबण्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो । सरकारका प्रवक्ता हरिबहादुर

Read More

राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

Posted on April 11, 2024 | views : 371 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई बुधबार गुजरात टाइटन्सविरुद्धको खेलमा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। जयपुरमा खेलिएको खेलमा ‘स्लो ओभर रेट’ का कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको समाचारमा जनाइएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धार

Read More

क्रिकेटर हार्दिक र क्रुनाललाई सौतेनी भाईले ठगेपछि...

Posted on April 11, 2024 | views : 249 |

चैत २९, काठमाडौँ । भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेनी भाईले ठगि गरेको घटना बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाई वैभव पाण्डेयलाई करिब ४ करोड भारु ठगि गरेको आरोपमा पक्राउ गरेको छ । वैभवले साझेदार फर्मबाट करिब ४.३ करोड रुपैया डाइभर्ट गरे

Read More

‘महाजात्रा’ ले पछ्याउँदै ‘जारी’ को व्यापारको रेकर्ड

Posted on April 11, 2024 | views : 222 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । गत चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ। तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ। यो वर्ष सर्वाधिक ग्रसको रेकर्ड राखेको फिल्म ‘जारी’को कलेक्सनलाई चौथो सातामा भेट्ने निर्माण पक्षले दाबी गरेको छ। ‘महाजात्रा’ निर्देशक प्र

Read More

‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

Posted on April 11, 2024 | views : 190 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ ।  पोस्टरमा फिल्मका प्रमु

Read More

अर्को इदमा सलमान खानको 'सिकंदर' रिलिज हुने

Posted on April 11, 2024 | views : 187 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछ

Read More

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ- प्रधानमन्त्री

Posted on April 11, 2024 | views : 154 | काठमाडौँ - KTM

चैत २९, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्र

Read More

खाजाघर सञ्चालन गरेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ

Posted on April 11, 2024 | views : 264 | काठमाडौँ - KTM

चैत २९, काठमाडौं | नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् । २६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी ज्ञानेन्

Read More

एसिसी प्रिमियर कप टी–२० क्रिकेट: नेपालको पहिलो खेल मलेसियासँग

Posted on April 11, 2024 | views : 366 | काठमाडौँ - KTM

चैत २९, काठमाडौं | उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिता ३० चैतबाट ओमानमा आयोजना हुँदै छ। प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा गरिसकेको छ। नेपालको १४ सदस्यीय टोलीमा भारतमा एस

Read More

सिन्धुलीमा एनसेल टावरमा कुकर बम विस्फोट

Posted on April 11, 2024 | views : 321 | सिन्धुली - SDL

चैत २९, काठमाडौं | सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए

Read More

राप्रपालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन महानगरको आग्रह

Posted on April 11, 2024 | views : 630 | काठमाडौँ - KTM

चैत २९, काठमाडौं | काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन पत्र काटेको छ। राप्रपाले मंगलबार गरेको प्रदर्शनको क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन आग्रह गरेको हाे। महानगरले प्रदर्शनको क्रममा प्रदर्शनीमार्गस्थित ट्राफिक आईल्याण्

Read More

छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत् महसुल तिरिदिने

Posted on April 11, 2024 | views : 172 | सप्तरी - SPT

चैत २९, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णय गरेको हो। ४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिश

Read More

पोखरा महानगरका सव-इन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ

Posted on April 11, 2024 | views : 216 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र  दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति

Read More