रौतहट कारागारबाट एक कैदी फरार

Posted on: 13 Jan, 2020

पुस २८, रौतहट | रौतहटमा कारगारबाट एक जना कैदी फरार भएका छन् | जिल्ला कारागार गौरबाट आइतबार राति  कैदी फरार भएका हुन् | अपहरण तथा शरीर बन्धक मुद्दामा थुनामा रहेका अशोक यादव फरार भएको कारागार प्रशासनले जनाएको छ |

जिल्ला अदालतले तीन वर्षअघि अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई कारागार पठाएको थियो | कारागारभित्र आन्तरिक रुपमा विद्युत सम्बन्धी काम समेत गर्ने गरेका यादव राति १० बजेको समयमा विद्युत सेवा अवरुद्ध बनाएर अँध्यारोको फाइदा उठाउँदै भागेको कारागार प्रशासनले जनाएको छ |

फरार भएका यादवको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!