पुर्वमन्त्री आलम सांसद पदबाट निलम्वित, सेवासुविधा रोक्का

Posted on: 14 Oct, 2019

असोज २७, काठमाडौँ | हत्या अभियोगमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । निलम्बित भएसंगै आलमको सेवासुविधा रोकिएको छ । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो । 

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । उनी कांग्रेस पूर्व केन्द्रीय सदस्यसमेत हुन् । आलमलाई २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

अदालतबाट दोषी ठहर भएमात्र आलमको पद गुम्ने छ । दोषी ठहर गरे उक्त पद रिक्त हुनेछ । अदालतले अन्तिम फैसला नगरेसम्म उनी सांसदको लोगो लगाएरै जेल जीवन बिताउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!