रसुवामा कोभिड संक्रमण घट्दैे

Posted on: 10 Nov, 2020

 कात्तिक २५, रसुवा (रासस) । पछिल्लो चरणमा  जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् ।

रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले  जानकारी दिनुभयो । 

हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको  बताइएको छ । साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य  संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको   अधिकृत श्रेष्ठले बताउनुभयो ।

यसैबीच प्रा डा गोविन्द केसीले  रसुवाको स्वास्थ्य संस्थामा गई  स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण  गर्नुभएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा डा केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहनुभएको छ ।

प्रा डा केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसक्नुभएको बताइएको छ । स्थानीय नागरिकको सेवाका लागि  हालसम्म छ पटक रसुवा पुग्नुभएका प्रा डा केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनुहुने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!