प्रहरीद्वारा निर्घात कुटपिट कन्टेनर चालक

Posted on: 04 Sep, 2019

भदौ १८, काठमाडौँ | मंगलबार रसुवाको टिमुरे सडकखण्डमा अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले एक कन्टेनर चालकलाई कुटपिट गरेका छन्।  बा ६ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेका हुन्।

ती प्रहरीको नाम भने रसुवा प्रहरीले गोप्य राखेको छ। रसुवाका प्रहरी नायब उपरीक्षक भोगेन्द्रपुरुष ढकालका अनुसार पार्किङ हटाउन गएका प्रहरीलाई चालकले पहिले अपशब्द बोलेका थिए। के भनेको? भन्दै झम्टिन पुगेका प्रहरीलाई चालकले दुर्व्यवहार गरेपछि प्रहरीले नियन्त्रण लिँदा सामान्य धकेलाधकेल भएको उनले दाबी गरे।

उक्त घटनाको सार्वजनिक भिडिओमा प्रहरीले चालकलाई लात्ती प्रहार गरेका छन्, कपालमा समातेर लडाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!