रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ

Posted on: 23 Apr, 2019

बैशाख १०, काठमाडौं । रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एक जना पक्राउ परेका छन् । चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९०६८ नम्बरको लोडेड कन्टेनर ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो सुन फेला परेको हो । 

प्रहरी स्रोतका अनुसार सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घले पक्राउ परेका छन् । 

टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!