प्युठानका एक कोरोना बिरामीको मृत्यु

Posted on: 21 Aug, 2020

भदौ ५, झिमरुक । प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले  बताउनुभयो । 

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएका उहाँको  कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उहाँलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँ मधुमेह र  र रक्तचापका बिरामी हुनुहुन्थ्यो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!