प्युठानमा करेन्ट लागेर एक महिलाको मृत्यु

Posted on: 17 Aug, 2020

प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । 

ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख  नरेन्द्रकुमार कार्कीले बताउनुभयो । 

थापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार ल्याइँदै गरिएको जनाइएको छ  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!