स्वर्गद्वारीमा पुष्परोपण

Posted on: 01 Jul, 2020

असार १७, प्युठान | डिभिजन वन कार्यालय र इन्द्रध्वज गण स्वर्गद्वारीले पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा फूलका विरुवा रोपेका छन् । 

स्वर्गद्वारी परिसरमा रहेको शान्ति वाटिकामा वृक्षरोपण गरिएको हो । स्वर्गद्वारीमा पर्यटकको आकर्षण बढाउन सौन्दर्यमूलक फूल रोपिएको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । 

स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाय क्षेत्री, इन्द्रध्वज गणका प्रमुख सेनानी अर्जुनविक्रम थापालगायतको उपस्थितिमा कल्की, मयूर पङ्खी, वीरेन्द्र फूललगायत ८५० फूल रोपिएको हो । 

प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५८ लाखको योजनामा शान्ति वाटिका निर्माण भइरहेको छ । वाटिकामा वाटर फाउण्टेन, छहारी, ढोका र  पैदलमार्ग निर्माण भइरहेको डिभिजन प्रमुख क्षेत्री बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!