प्युठानमा श्रीमतीको हत्या गरेको आरोपमा जेल चलान

Posted on: 19 Jan, 2020

माघ ५, प्युठान |  प्युठानमा श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ |

नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनले  पुस ६ गते  ५४ वर्षीया श्रीमती निलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ |

उनलाई  श्रीमती हत्या गरेको आरोपमा  प्युठान जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ | मदिरा सेवनमा कारण झगडा भएको र शेरचनले श्रीमतीलाई कुटेर हत्या गरेको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!