प्युठानको गौमुखी गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा

Posted on: 31 Aug, 2019

भदौ १४, प्युठान ।  प्युठानको  गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले  दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी छन् । उनकी श्रीमति सीता केसीले आफू हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत  जिल्ला अदालतमा बहुविवाहको मुद्दा  दर्ता गराएकी हुन् । 

 प्युठान प्रहरीका अनुसार अध्यक्ष गिरिविरुद्ध अदालतमा बहुविवाहको मुद्धा दर्ता भएको हो | उनकी श्रीमतिले  जाहेरी दिए पछि गाउँपालिकाको अध्यक्ष कै घरमा पुगेको प्रहरीले बताए | अध्यक्ष गिरिको फोनमा सम्पर्क राख्दा पनि सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ | जाहेरी दिएकी गिरिकी श्रीमति सीताले आफूहरुले २०५७ सालमा विवाह गरेको र  हाल १७ वर्षीया एक छोरी र १२ बर्षीय एक छोरा समेत रहेको बताइन् । 

श्रीमानले गत असार २९ गते   प्युठान नगरपालिकाकी किशोरीसँग बिबाह गरेको जानकारी पाएपछि आफूले बहुविवाहको मुद्धा दर्ता गराएको उनले बताइन् । गाउँपालिका अध्यक्ष गिरि नेपाली कांग्रेसबाट  उमेदवारी दिएर विजयी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!