अर्घाखाँचीबाट प्युठान जाँदै गरेको जिप दुर्घटना, ३ को मृत्यु, १२ जना घाइते

Posted on: 08 Apr, 2019

चैत २५ अर्घाखाँची | अर्घाखाँचीमा सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८ लाट्टेबाजमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु र १२ जना घाइते भएको अर्घाखाँचीका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । 

मृत्यु हुनेमा प्युठान जिल्ला अ‍ैरावती गाउँपालिका बस्ने मनिका आर्चायको सनाखत भएपनि अन्य दुई जनाको सनाखत भइसकेको छैन । घाईते १२ जनामध्ये ४ को अवस्था गम्भिर रहेकाले बुटवल रिर्फर गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!