प्युठान महोत्सवमा ज्योतीको धमाका

Posted on: 16 Mar, 2017


सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बिहीवार ज्योती मगरले धमाका मच्चाएकी छिन् । उनको  पहिरनले चर्चामा आइरहने ज्योती र उनको प्रस्तुती हेर्नका लागि युवा पंक्ति मात्र होइन बृद्धहरु पनि झुम्मेका थिए ।

केहिँबरेमा संचालकले उनलाई प्रस्तुतीका लागि माइक दिदै के थिए युवाहरुको हुटिङ सुरु भयो । उनी पनि के कम आइ लभ यू भन्न पनि छुटाइनन् । त्यसपछि उनको प्रस्तुतीले सबै जनाले मनोरन्जन लिए । आफू पनि नाचिन र दर्शकहरुलाई पनि नचाइन् । 

मेलामा ज्योतीको उही मुलाको सिंकी, उही मुलाको चाना भन्ने गितमा सबैभन्दा धमाकेदार प्रस्तुती रह्यो । उनको कला, नृत्य र पहिरन हेर्नका लागि दर्शकहरुको घुइचो नै थियो । मेलामा करिब उनले २ घण्टा सम्म प्रस्तुती दिएकी थिइन् । मेलाको बिच बिचमा ज्योतीले आफुलाई ल्याइने चर्चाको बारेमा भन्न समेत भ्याइन् ।

आफू चर्चामा आउन छोटो कपडा लगाएको नभई आफूलाई अरुले चर्चामा ल्याएको बताइन् । केहिँले यस्तो अवस्थाको नराम्रो भनेर प्रतिक्रिया रहेपनि युवा पुस्ताको माग अनुसार आफू आफ्नो प्रस्तुती रहने उनको भनाई थियो । 

समाले आफ्नो प्रस्तुतीलाई नराम्रो रुपमा नहेरेपनि हेर्न बाध्य पार्ने अर्को समाज रहेको उनको टिप्पणी थियो । 

मेलामा ज्योती सहित रोसनसिंह ठकुरी, अञ्जली अधिकारी लगायत अन्य स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तूती देखाएका थिए । जारी महोत्सवमा शुक्रवार भुवन केसि लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

स्थानीय स्वाभिमान एकिकृत ग्रामिण सस्थाको आयोजना तथा बिभिन्न निकायको आर्थिक सहयोगमा मेला संचालन भइरहेको छ । दश दिनसम्म संचालन गर्न लागिएको महोत्सव दर्शकहरुको घुइचोका कारण थप दिनका लागि थपिएको आयोजक समितिका अध्यक्ष ओमहरी भट्टराइले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!