ब्रेन ट्यूमर पिडितलाई सहयोगको अपिल

Posted on: 16 Nov, 2017

सागर शर्मा | कात्तिक ३०, प्यूठान | प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ फोप्लीका २० वर्षिय डिल बहादुर पुन मगरलाई बचाउनका लागी लालीगुरास यूवा समुहका अध्यक्ष लाल बहादुर घर्तिले अपिल गर्नुभएको छ । 

ब्रेन ट्युमर भएका पूनमगरको घरको आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको अपिल गर्नु भएको छ । उपचारका लागी आर्थिक अभाव भएपछि सहयोगका लागी आग्रह गर्नुभएको हो । 

पूनको काठमाडौंको टिचिङ्ग अस्पतालमामा उपचार भईरहेको छ । उपचारको लागी १९ लाख रुपैया आबश्यक पर्ने उहाले बताउनुभयो । हाल सम्म १० लाख रुपैया खर्च भएको छ । पूनको उपचारका लागी आफन्तसग सहयोग तथा ऋण खोजि उपचार गरिरहेको उनका बुवा हिमाल पून मगरले बताउनुभयो । छोरालाई बचाउनका लागी सबैमा सहयोगको अपिल गरेको उनका बुवा पूनले बताउनुभयो । 

पिडित पूनलाई बचाउन स्थानीय सरकारलाई कागजात बनाइदिन तथा सम्पूर्ण नेपालीहरुमा आग्रह गरेको लालीगुरास यूवा समुहका अध्यक्ष घर्तिले बताउनुभयो । साथै उनको उपचारका लागी सहयोग गर्न चाहाने ब्यक्तिले यूवा समुहका अध्यक्ष लाल ब घर्ति तथा बुवा हिमाल पूनमगरको ९८६९४८३४४० मा फोन गर्न आग्रह गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!