कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

Posted on: 12 Apr, 2021

चैत ३०, काठमाडौँ । सोमबारका लागि तय गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । 

बरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको हो । पार्टी सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता पौडेलको अनुपस्थितिमा बैठक बस्न नसक्ने भन्दै स्थगित गर्न निर्देशन दिएका हुन् ।

सोमबार बस्ने बैठकमा नयाँ सरकार गठनबारे छलफल,महाधिवेशनको सदस्यता नवीकरणका विषयमा निर्णय गर्ने एजेन्डा तय गरिएको थियो । 

यसअघि आइतबार सभापति देउवा र बरिष्ठ नेता पौडेलको अनुपस्थिति भएपछि काँग्रेस पदाधिकारी बैठक स्थगित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!