सीसीएमसीद्वारा कम्तिमा तीन साता विद्यालय बन्द गर्न सिफारिस

Posted on: 10 Apr, 2021

चैत २८, काठमाडौँ | कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो ।

यद्यपी विद्यालय बन्द भएपनि  अनलाइन माध्यमबाट पठनपाठन संचालनको व्यवस्था मिलाइने सीसीएमसीले जनाएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो ।


बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील पनि गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!