चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्र

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारमा सहभागी चार जना मन्त्रीलाई सांसदबाट हटाउन संसद सचिवालयलाई पत्र बुझाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य रहेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहलाई संसाबाट हटाएको पत्र सचिवालयलाई बुझाएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह,रामबहादुर थापा सहभागी छन् । सर्वोच्च अदालतको फैसलापछि विभाजित बनेको नेकपा पूर्ववत अवस्थामा फर्किए पनि लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह र रामबहादुर थापाले केपी शेर्मा ओलीलाई नै समर्थन गरेका थिए ।

उनीहरु एमालेबाट नफर्किएपछि माओवादी केन्द्रले कारबाही गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!